
काठमाडौं, चैत १। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आज दोस्रो कार्यकालका लागि शपथ लिदैछन् । प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख अतिथिमा लखनउस्थित इकाना स्टेडियममा आदित्यनाथले सपथ लिन लागेका हुन् ।भारतीय सञ्चार माध्यमहरुका अनुसार सपथ ग्रहण समारोह आज अपराह्न चार बजे राखिएको छ । उक्त समारोहमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहसहित केन्द्रीय सरकारका २५ मन्त्रीसमेत सहभागी हुँदैछन् ।त्यस्तै, मध्य प्रदेश, हरियाणा, मणिपुर, हिमाचल प्रदेश, अरुणाचल प्रदेश, त्रिपुरा, गोवा, असम, गुजरात, उत्तराखण्ड, कर्नाटक, नागाल्याण्डका मुख्यमन्त्रीहरुलाई समारोहमा आमन्त्रण गरिएको छ । त्यस्तै, योग गुरु रामदेवसहित हजारौ सन्त महन्तलाई पनि आमन्त्रण गरिएको छ ।सपथ ग्रहण समारोहमा ७० ह लखनउका सडक, चोक र सार्वजनिक स्थानहरुलाई झण्डा, झिलिमिली बत्ती र आकर्षक होर्डिङ बोर्डहरुले सजाइएको छ । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै
प्रतिक्रिया