Pura Samachar

मनाङ मस्र्याङ्दी क्बल दमक गोल्डकपकोअन्तिम चारमा

प्रकाशित: March 25, 2022
पूरा समाचार

मनाङ मस्र्याङ्दी क्बल दमक गोल्डकपकोअन्तिम चारमा

दमक । मनाङ मस्र्याङ्दी क्बल झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबलाई ४-२ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

 

मनाङको जितका लागि अफिज ओलावालेले दुई गोल, रुपेश केसीले एक गोल गरे । एक गोल भने मनाङले आत्मघाती उपहार पायो । बागमतीका लागि विमल घिसिङ र जोमुलले गोल गरे ।

 

खेलमा सुरुवाती अग्रता मनाङले लिएको थियो । खेलको १४ मिनेटमा मनाङका ओलावालेले गोल गरे । तर, मनाङको अग्रतालाई बागमतीले धेरै समय कायम रहन दिएन । खेलको २७औँ मिनेटमा बागमतीका विमल घिसिङले गोल फर्काएर खेललाई बराबरीमा ल्याए । पहिलो हाफ एक/एकको बराबरीमा टुंगिएको थियो ।

 

दोस्रो हाफको सुरुवाती समयमा भने बागमतीले निकै आक्रामक खेल खेल्यो । ५३औँ मिनेटमा जोमुलले गोल गर्दै बागमतीलाई अग्रता दिलाए । तर, उसले अग्रता भने कायम राख्न सकेन । खेलको ६७औँ मिनेटमा मनाङले आत्मघाती गोलको उपहार पायो । बल क्लियर गर्ने क्रममा बागमतीका मार्टिनले आत्मघाती गोल गरे ।

 

खेलको ७०औँ मिनेटमा मनाङका कप्तान विमल रानाको पासमा ओलावालेले गोल गर्दै मनाङलाई अग्रता दिलाए । खेलको ८१औँ मिनेटमा मनाङका लागि रुपेश केसीले गोल गरे । बागमतीका गोलरक्षक मनोज प्रधानबाट रिवाउन्ड बललाई उनले गोलमा परिणत गरेका थिए ।

 

शुक्रबारको खेलको म्यान अफ दि म्याच विजेता टिमका आफिज ओलावाले घोषित भए । उनले नगद दश हजार रुपैयाँ पाए । शनिबारको दोस्रो क्वाटरफाइनल खेल गोर्खा ब्वाइज र पुलिस क्लब भारतबीच हुनेछ ।

प्रतिक्रिया