
डा.हरिमाेहन पाेखरेल
बिजुलीको बिल उठाएको सबैको लागि सुधार गर्न हो –रियो
कोहिमा / राज्यमा कडा भन्दा कडा गरेर बिजुलीको बिल उठाएको समग्र जनताको भलाई गर्नको लागि नै हो।विधानसभामा राज्यको पावर विभागको विभिन्न बजेटको कुरा गर्दै मुख्यमन्त्री रियोले भने ।
उनले अगाडि भने कि हामीले ङिमापुरमा पनि दस हजार स्मार्ट मिटर लगायौं र कडा कारबाही गरेर बिल उठाएको हो ।यसरी नै कोहिमामा पनि बिल उठाई रहेका छौँ र स्मार्ट मिटर लगाउने कार्य पनि निरंतरताले चली रहेको छ ।
उनले अगाडि भने कि राज्यमा बिजुलीको चोरी रोक्नको लागि नै यो सबै व्यवस्था गरिएको हो ।
उनले अगाडि थपे कि सबै बिजुली उपभोक्ताहरूले आफ्नो बिल समयमा भुक्तानी गर्नु होला पछि गएर विभागले कार्यवाही गरे त्यसको जिम्मेवारी आफैले भोग्नुपर्ने छ ।
उनले अगाडि भने कि राज्यको ग्रामीण क्षेत्रमा पनि सबै स्मार्ट मिटर लगाइने छ ।त्यसको कार्यवाही पनि निकट भविष्यमा हुने नै छ ।
हेर्दै जाऔ सरकारको यो पहलकदमीले कति सम्म सफलता पाउला त्यो त आउने भविष्य नै बताउला ।
प्रतिक्रिया