
एजेन्सी – राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएपनि घरेलु टोली भारत साफ यु–१८ महिला च्याम्पियनसिपको च्याम्पियन बनेको छ ।समान अंक भएपनि गोल अन्तरमा भारत च्याम्पियन बनेको हो । भारत र बंगलादेशले समान ४ खेलबाट ९ अंक जोड्यो । तर, गोल अन्तरमा भारत अघि रह्यो । भारतले च्याम्पियनसिपभर १३ गोल गर्दा २ गोल मात्रै बेहोर्यो । बंगलादेशले ७ गोल गर्दा ४ गोल बेहार्यो ।
भारतले पहिलो राउन्डमा १–० को जित निकालेको थियो । दोस्रो राउन्डमा बंगलादेशको उक्त हारको बदला लिएपनि च्याम्पियन बन्न पर्याप्त बनेन ।
भारतको जमसेदपुर स्थित जेआरडी टाटा कम्प्लेक्समा शुक्रबार भएको खेलमा बंगलादेशको जितमा दोस्रो हाफमा एक्लिमा खातुनले गरेको गोल नै निर्णायक बन्यो । उनले ७४औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् ।
भारतकी लेन्डा कोम सेर्टाेले च्याम्पियनसिपको मोस्ट भ्यालुएवल खेलाडी तथा सर्वाधिक गोलकर्ताको अवार्ड जिते । उनले च्याम्पियनसिपमा कुल ५ गोल गरेकी थिइन् । बंगलादेशको फेयर प्ले अवार्ड जित्यो ।
च्याम्पियनसिपमा नेपाल भने अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । नेपाल प्रतियोगितामा चार खेल खेल्दा अंक विहीन बन्न पुग्यो । नेपालले प्रतियोगितामा चार खेल खेल्दा १८ गोल बेहोर्दा ४ गोल मात्रै गर्न सफल भयो । नेपाल पहिलो खेलमा आयोजक भारतसाग ७–०, बंगलादेशसँग ४–२ र पुनः भारतसँग ५–१ ले पराजित भएको थियो ।
१५ देखि २५ मार्चसम्म भएको च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेश गरी तीन टोलीको सहभागिता रहेको थियो । डबल राउन्ड रोविन लिगको आधारमा भएको खेलपछि विजेताको छिनोफानो गरिएको थियो ।
प्रतिक्रिया