Pura Samachar

सरकारको अनुमति नलिई मापदण्ड विपरित गरिएका प्लटिङ्का जग्गा रोक्का हुने

प्रकाशित: March 28, 2022
पूरा समाचार

सरकारको अनुमति नलिई मापदण्ड विपरित गरिएका प्लटिङ्का जग्गा रोक्का हुने

सरकारको अनुमति नलिई मापदण्ड विपरित गरिएका प्लटिङ्का जग्गा रोक्का हुने चर्चाले अहिले उपत्यकाका  जग्गा व्यवसायीमा हलचल ल्याएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले भक्तपुर र ललितपुरमा गरी झण्डै २०० हाराहारी ठाउँमा अनधिकृत प्लटिङ भएको पत्ता लगाएर जग्गाको कित्ता नम्बर खोज्न खटाएको छ ।

केही ठाउँमा कित्ता नम्बर समेत पत्ता लगाइसकेको प्राधिकरणले सबै अनधिकृत प्लटिङको कित्ता नम्बर आएपछि सिधै मालपोत कार्यालयलाई पत्राचार गरेर रोक्का राख्ने योजना बनाएको छ ।

बैकले लोन नदिएर सुस्ताएको घरजग्गा व्यवसाय प्राधिकरणको यो योजना सार्वजनिक भएसंगै फेरी तरङगित भएको हो ।

प्राधिकरणले ५ प्रतिशत खुल्ला क्षेत्र र २० फिट बाटो कायम नगरी गरिएका प्लटिङ्का जग्गा रोक्का गर्ने मालपोत कार्यालयलाई पत्राचार गर्ने योजना बनाएको हो । २० फिटे बाटो राखेर ५ प्रतिशत खुल्ला क्षेत्र छोडेर नियम अनुसार काम गर्दा एक रोपनी जग्गामा २/३ ओटा भन्दा बढी घडेरी बनाउन सकिन्न । तर त्यहि जग्गा अनुमति नलिएर १३ फिटे बाटो राखेर प्लटिङ गर्दा ४ ओटासम्म घडेरी बनाउन सकिन्छ । त्यसै कारण व्यवसायीहरूले सरकारी निकायलाई समेत प्रभावमा पारेर अनधिकृत प्लटिङ गर्ने गरेको जानकारहरू बताउँछन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले २० फिट भन्दा सानो बाटोमा जग्गा प्लटिङ गर्न अनुमति नै दिदैन । त्यसरी १३ फिट मात्रै बाटो राखेर गरिएका प्लटिङ सरासर अनधिकृत हुन । १३ फिटे बाटोमा फोहोर उठाउने ठूला गाडी जान सक्दैनन् । आगलागी हुँदा दमकल र बिरामी पर्दा एम्बुलेन्स पनि सहज रुपमा जान सक्दैनन् । त्यहि कारण उपत्यका विकास प्राधिकरणले अहिले २० फिट भन्दा कम चौडाइ भएका बाटो राखेर जग्गा प्लटिङ गर्न स्विकृती नै दिदैन ।

प्रतिक्रिया