Pura Samachar

दुईवटा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

प्रकाशित: March 28, 2022
पूरा समाचार

दुईवटा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

काठमाडौं । चितवनको कालिका नगरपालिका–६ मा आइतबार दुईवटा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

खोलेसिमलबाट मिलिजुली चोक तर्फ जाँदै गरेको बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ना ३२ प ६५ ३३ नम्बरको मोटरसाइकल आइतबार साँझ पौने ६ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका-१२ का १९ वर्षीय प्रविन परियारको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

दुवै मोटरसाइकलसहित अर्का मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया