Pura Samachar

सुनको मूल्य घटयो

प्रकाशित: March 28, 2022
पूरा समाचार

सुनको मूल्य घटयो

काठमाडौं, १४ चैत । सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ९०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेर १३८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया