Pura Samachar

नेपाल आयल निगमले सरकारसँग पेट्रोलियम पदार्थको खपत कम गर्न विभिन्न १० बुँदे प्रस्ताव पेश ग्यासको मूल्य पनि २२४० पेट्रोलको मूल्य १८३ रूपैयाँ प्रतिलिटर,

प्रकाशित: March 29, 2022
पूरा समाचार

नेपाल आयल निगमले सरकारसँग पेट्रोलियम पदार्थको खपत कम गर्न विभिन्न १० बुँदे प्रस्ताव पेश ग्यासको मूल्य पनि २२४० पेट्रोलको  मूल्य १८३ रूपैयाँ प्रतिलिटर,

नेपाल आयल निगमले सरकारसँग पेट्रोलियम पदार्थको खपत कम गर्न विभिन्न १० बुँदे प्रस्ताव पेश गरेको छ ।

आयल निगमले पेट्रोलियम पदार्थमा घाटा नहुने र नाफा पनि नलिने शर्तमा लागत मूल्यमा नै बिक्री गर्न पाउनुपर्ने प्रस्ताव गरेको हो ।

निगमको प्रस्तावअनुसार अहिले १५५ रूपैयाँमा बिक्री भइरहेको पेट्रोलको लागत मूल्यअनुसार १८३ रूपैयाँ प्रतिलिटर पुगेको  छ ।  निगमको घाटा कम गर्न उक्त लागत मूल्य लिन पाउनुपर्ने निगमको भनाइ छ ।

हाल प्रतिसिलिण्डर १५७५ मा बिक्री भइरहेको ग्यासको लागत मूल्य पनि २२४० पुगेकोले सोही मूल्यमा बिक्री गर्न पाउनुपर्ने माग निगमले गरेको छ

पेट्रोलियम पदार्थमा भइरहेको लगत मूल्य लिन नपाउने हो भने सरकारले ऋण दिनुपर्ने, भन्सार मूल्य तत्कालका लागि लिन नहुने, सरकारी बैंक तथा वित्तीय संस्था, नागरिक लागनी कोष तथा सञ्चयकोषसहितबाट निगमलाई आवश्यक रकम सहज रूपमा ऋण उपलब्ध गराउनुपर्नेसहितको माग पनि निगमले गरेको छ ।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अरू विकल्प नभएकोले निगमले हरेक महिना घाटामा गइरहेको र तेल किन्नै नसक्ने अवस्था आएकोले विभिन्न १० वटा विकल्प उद्योग मन्त्रालय हुँदै सरकारसमक्ष पेश गरिएको छ ।

प्रतिक्रिया