Pura Samachar

मलेसियाकाे विजयी सुरुआत

प्रकाशित: March 29, 2022
पूरा समाचार

मलेसियाकाे विजयी सुरुआत

काठमाडौं । मलेसियाले त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा विजयी सुरुआत गरेको छ ।

टियु क्रिकेट मैदानमा मंगलबार पपुवा न्युगिनी (पीएनजी) लाई ८ रनले पराजित गर्दै मलेसियाले विजयी सुरुआत गरेको हो ।

पीएनजीले भने लगातार दोस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो ।

मलेसियाले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७२ रन मात्र बनाउन सक्यो ।

 

पीएनजीका लागि टोनी उराले ५६ रनको अर्धशतकीय इनिङ खेले ।  यस्तै नोर्मान भानुवाले ४५ रन बनाए ।

सिमोन अटाइले १५ रन जोड्दा असाद भाला ११ रनमा आउट भए ।

मलेसियाका लागि शर्भिन मुनियाण्डीले ४ विकेट लिए । यस्तै मुहमद वाफिक र विरन्दिप सिंहले ३/३ विकेट लिए ।

 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान अहमद फाईज र विरन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले ।

विरन्दिपले अविजित रहदै ५९ रन जोड्दा अहमद ५६ रनमा आउट भए ।

यस्तै साएद अजिज ४७ रनमा आउट भए ।

पीएनजीका नोर्मन भानुवाले २ तथा नोसेन पोकानाले १ विकेट लिए ।

प्रतिक्रिया