बेइजिङ । चीनमा हालै दक्षिण अमेरिकाबाट आयातित फ्रोजन (जमेको) झिंगे माछा, चिकन विंग्स (कुखुराको पखेटा) मा कोरोना भाइरस पाइएको थियो ।
बजारमा कैयौं यस्ता सामान छन् जुन प्याकेटमा पाइन्छन् । भाइरस पनि कुनै सतहमा लामो समयसम्म जिउँदो रहन सक्ने बताइनछ । यस्तो अवस्थामा के खानेकुराहरुको प्याकेटबाट पनि कोरोना भाइरस फैलिन सक्छ भन्ने प्रश्न उब्जिएको छ ।
ल्याब र बाहरी वातावरणमा भाइरस
सिद्धान्त भन्छ– सामानको प्याकेटमा पनि कोभिड–१९ हुन सक्छ ।
ल्याब आधारित अध्ययनले भाइरस कैयौं घण्टासम्म जिउँदो रहन सक्ने देखाएको छ । अध्ययनका अनुसार विषेश गरी भाइरस ‘कार्डबोर्ड’ र अनेक प्रकारका प्लास्टिकहरुमा बढी समयसम्म बाँच्न सक्छ ।
यो भाइरस कम तापक्रममा लामो समयसम्म बाँच्न सक्छ र अधिकांश खानेकुराहरु कम तापक्रममा एक स्थानबाट अर्को स्थानमा प्¥याइने गरिन्छ ।
यद्यपि, केही वैज्ञानिकहरुले ल्याबभन्दा बाहिर पनि यस्ता स्थितिमा यही नतिजा आउला कि नआउला भन्ने प्रश्न उठाएका छन् ।
युनिभर्सिटी अफ लिसेसटरमा रेसपिरेट्री साइन्सेजकी एसोसिएट प्रोफेसर डा. जुलियन ट्यांगले ल्याकोभन्दा बाहिर वातावरण लगातार परिवर्तन भइरहने भएका कारण भाइरस बढी समयसम्म बाँच्न नसक्ने बताउँछिन् ।
रटगेर्स युनिभर्सिटीमा माइक्रोबायोलोजीका प्रोफेसर इमानुएल गोल्डम्यान भन्छन्– ल्याबमा गरिएका अध्ययनहरुमा १० मिलियन भाइरस पार्टिकल्सलाई नमुनाका रुपमा प्रयोग गरिन्छ जबकि हाच्छ्याँबाट सतहमा पर्ने एक ऐरोसोल ड्रपलेटमा केवल सयको आसपास भाइरस पार्टिकल्स हुन्छन् ।
उनले भनेका छन्, “मेरो रायमा निर्जीव सतहका माध्यमबाट संक्रमणको सम्भावना अत्यन्तै न्युन छ । संक्रमित व्यक्तिले कुनै सतहमा खोक्दा वा हाच्छ्युँ गरे लगत्तै (एक–दुई घण्टाभित्र) अर्को व्यक्तिले छुँदा संक्रमणको सम्भावना रहन्छ ।”
भाइरस कसरी फैलिन सक्छ ?
फुड प्याकेजिङ प्लान्टमा काम गर्ने कुनै व्यक्तिले संक्रमित स्थानमा छोएपछि आप्mनो आँखा, नाक र मुखलाई छुँदा संक्रमणको खतरा रहने मान्यता छ ।
तर, वैज्ञानिकहरु कोभिड–१९ का अधिकांश केसहरु यसरी फैलिरहेको तथ्य स्वीकार गर्न तयार छैनन् ।
अमेरिकी स्वास्थ्य एजेन्सी सेन्टर्स फर द डिजीज कन्ट्रोल (सीडीसी) ले आफ्नाे वेबसाइटमा भनेको छ, “भाइरसबाट संक्रमित कुनै सतह वा सामानलाई छने व्यक्ति संक्रमित हुन सक्छ ।” यद्यपि, वेबसाइटमा यस्तो पनि लेखिएको छ, “यसलाई भाइरस फैलिने मुख्य तरिका मानिदैन ।”
विशेष गरी यसको संक्रमण मानिसबाट मानिसमा सोझै हुन्छ । जस्तै–
– ती व्यक्तिहरुका बीच जो एक–अर्कासँग निकट सम्पर्कमा छन् । (दुई मिटर अथवा छ फुटको दूरीमा)
– संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा र कुराकानीका क्रममा बाहिर निस्कने ‘ड्रपलेट्स’बाट ।
– जब ‘ड्रपलेट्स’ नजिकै उभिएको व्यक्तिको नाक अथवा मुखमा खस्छ अथवा उसले श्वासद्वारा भित्र लिएर जान्छ ।
कसैलाई प्याकेजिङका माध्यमबाट भाइरसको संक्रमण भएको प्रमाणित गर्न गाह्रो भएको डा. ट्यांगको भनाइ छ ।
कसरी सुरक्षित रहने ?
विश्व स्वास्थ्य संगठनले भनेको छ, “खाना अथवा खानेकुराको प्याकेजिङबाट कोभिड–१९ को संक्रमण पुष्टि गर्ने कुनै घटना अहिलेसम्म देखिएको छैन ।”
तर, पनि विश्व स्वास्थ्य संगठनले संक्रमणबाट जोगिने कैयांै प्रकारका सावधानीहरुका बारेमा बताएको छ । उसका अनुसार खानेकुराको प्याकेटलाई कीटाणुरहित गर्न आवश्यक छैन, केवल प्याकेट छुनुभन्दा अघि र खाना खानुभन्दा अघि हात राम्रोसँग धुन जरुरी छ ।
यदि, तपाईं कुनै पसलमा सामान खरिद गर्न जाँदै हुनुहुन्छ भने पसलभित्र जानु अघि स्यानिटाइजर प्रयोग गर्नुहोस र हातलाई राम्रोसँग धुनुहोस । खरिद गरिएको सामान समात्नुहोस र घरमा त्यसलाई राखिसकेपछि पनि राम्रोसँग हात धुनुहोस् ।
सामान डेलिभरी पनि गर्न सक्नुहुन्छ तर डेलिभरी गर्ने व्यक्ति ‘हाइजिन’ को पूर्ण रुपले ध्यान राख्ने हुन आवश्यक छ । सामानको डेलिभरी लिएपछि अाफ्नाे हात राम्रोसँग धुनुहोस् । केही विशेषज्ञहरुले प्लास्टिक ब्यागलाई एक पटकमात्रै प्रयोग गर्ने सल्लाह दिइरहेका छन् ।
–बीबीसीबाट
प्रतिक्रिया