Pura Samachar

कोरोना संक्रमणबाट हरेक १५ सेकन्डमा एक जना र २४ घण्टामा ६ हजारको मृत्यु

प्रकाशित: August 23, 2020

कोरोना संक्रमणबाट हरेक १५ सेकन्डमा एक जना र २४ घण्टामा ६ हजारको मृत्यु

काठमाडौं । महामारीका रुपमा फैलिँदै गएको काेरोना भाइरसका कारण विश्वभर हरेक २४ घण्टामा झण्डै छ हजार मानिसहरुको मृत्यु भइरहेको छ ।

समाचार एजेन्सी रोयटर्सले कोरोनाबाट हरेक २४ घण्टामा पाँच हजार नौ सय संक्रमितको मृत्यु भइरहेको जनाएको छ ।

रोयटर्सले गत शुक्रवारसम्म लिइएको पछिल्लो दुई साताको आंकडाका आधारमा यो नतिजा निकालेको बीबीसीले जनाएको छ ।

रोयटर्सले निकालेको नतिजाअनुसार विश्वभर हरेक घण्टा दुई सय ४६ जना संक्रमितको मृत्यु भइरहेको छ ।

यस्तै प्रति १५ सेकन्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ ।

–बीबीसी

प्रतिक्रिया