
नेपालमा पछिल्लो २४ घन्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार बुधबार २६ जनामा संक्रमण पुष्टि भएको हो।
मिश्राका अनुसार ५ हजार १९२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
३ हजार ९४० जनाको पिसिआर र १ हजार २५२ जनाको एन्टिजेन परीक्षण गरिएको मिश्राले जानकारी दिइन्।
अहिले देशभर १ हजार १४६ जना सक्रिय संक्रमित छन्।
७७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।
प्रतिक्रिया