Pura Samachar

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्धनिर्देशकको लागि छनोट भएका उम्मेदवारको नाम सार्वजनिक

प्रकाशित: March 31, 2022
पूरा समाचार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्धनिर्देशकको लागि छनोट भएका उम्मेदवारको नाम सार्वजनिक

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्धनिर्देशकको लागि छनोट भएका उम्मेदवारको नाम सार्वजनिक गरेको छ।

बुधबार सर्वोच्च अदालतले नियुक्तिको विषयमा परेको रिट खारेज गरेसँगै मन्त्रालयले ९ जनाको नाम सार्वजनिक गरेको हो।

मन्त्रालयले मंसिर २२ गते प्रबन्धनिर्देशक पदको लागि प्रकाशित सूचनाअनुसार दर्ता भएकामध्ये स्वीकृत दरखास्त सार्वजनिक गरेको छ।

९ जनामा अर्जुन बाबु ढकाल, अमलेन्दु नारायण सिंह, दीपक बहादुर शाही, नगेन्द्र कुमार दास, प्रदीप राज उपाध्याय, बुद्धि प्रसाद आचार्य, सुनिल पौडेल, सुरज सिंह थापा र संगिता पहाडी अर्यालको नाम सार्वजनिक भएको छ।

छनोट भएका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तापछि नियुक्तिको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा जानेछ।

प्रतिक्रिया