Pura Samachar

२४ घन्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,८९ जना संक्रमित निको

प्रकाशित: March 31, 2022
पूरा समाचार

२४ घन्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,८९ जना संक्रमित निको

नेपालमा पछिल्लो  २४ घन्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार २५ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार ९५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

३ हजार ६२३ जनाको पिसिआर परीक्षण गर्दा २४ र १ हजार ३२८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि गरेको हो।

अहिले देशभर १ हजार ८१ जना सक्रिय संक्रमित छन्।

८९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रतिक्रिया