Pura Samachar

कीर्तिमानी गीतकार डा. उपाध्यायको आमाप्रती समर्पित गीत ‘मेरी आमा’ सार्वजनिक

प्रकाशित: April 1, 2022
पूरा समाचार

कीर्तिमानी गीतकार  डा. उपाध्यायको आमाप्रती समर्पित गीत ‘मेरी आमा’ सार्वजनिक

काठमाडौं,चैत १८ ।   कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको आमाप्रती समर्पित गीत ‘मेरी आमा’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर र सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

गीतमा आमाको ममतालाई व्यक्त गरिएको छ भने सबै भन्दा बढी माया गर्ने आमालाई गुमाउँदाको पिडा व्यक्त गरिएको छ । गीतका शब्दहरू निकै मार्मिक छन् भने बाबुल गिरीको स्वरमा त्यस्तै मर्मस्पर्शी सुनिन्छ ।

गीतसङ्गीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड कायम गर्नुभएको छ । कीर्तिमानी डा. उपाध्यायका २५ एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् ।

यसअघि गीत सङ्गीत र विभिन्न विधामा गिनिजबुक रकेर्डसहित ८० विश्व रकेर्ड कायम गर्नुभएका कीर्तिमानी डा. उपाध्यायले आज (शुक्रबार) थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्दै हुनुहुन्छ ।

यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास ‘भाइरस लभ’ छिट्टै सार्वजनिक गर्ने बताउनुभयो ।

प्रतिक्रिया