काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा नोभेल कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । शनिबारमात्रै काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
विज्ञहरुले काठमाडौंमा ‘म्यासिभ आउट ब्रेक’ हुने खतरा बढेको बताएका छन् । डा. प्रभात अधिकारका अनुसार कुल जनसंख्याको ८० प्रतिशत संक्रमणमा पर्छ र तीन प्रतिशत केस आईसीयूमा जान्छ । नेपालमा अहिलेसम्म २९ हजार संक्रमित भएका छन्, दशैँतिहारसम्म देशैभर एक लाख संक्रमित हुने देखिन्छ ।
कोरोनाका समयमा अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालको अग्रणी अनलाइन सञ्चार माध्यम ‘अनलाइनखबर डटकम’ मा कार्यरत नौ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उक्त सञ्चारमाध्यममा कार्यरत एक पत्रकारका अनुसार सञ्चारमाध्यममा कार्यरत नौ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनका अनुसार शनिबार ६ जनालाई र शनिबार बिहान थप तीनजनालाई कोरोना संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा न्युज डेस्कमा कार्यरतदेखि रिपोर्टिङमा खटिनेसम्म रहेका छन् ।
विभिन्न जिल्लामा पनि ठूलो संख्यामा पत्रकार कोरोना संक्रमित बनेका छन् । एउटै सञ्चार गृहभित्र यति धेरै पत्रकार संक्रमित बनेको भने यो पहिलो घटना हो ।
प्रतिक्रिया