Pura Samachar

आईपीएल आज शनिबार दुई खेलहरु हुँदै

प्रकाशित: April 2, 2022
पूरा समाचार

आईपीएल आज शनिबार दुई खेलहरु हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज शनिबार दुई खेलहरु हुँदैछन् ।

आईपीएल अन्तर्गत शनिबार हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल ३:४५ बजे सुरु हुनेछ ।

आज मुम्बई पहिलो जितको खोजीमा हुनेछ । यस्तै राजस्थान लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

यस्तै अर्को खेलमा गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । गुजरात र दिल्लीको राति ७:४५ बजे सुरु हुनेछ ।

गुजरात आज लगातार दोस्रो जित निकाल्यो योजनामा रहेको छ । दिल्ली पनि लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

यस पटकको आईपीएलमा १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । यस अघि आठ टोलीले खेल्दै आएका थिए ।

प्रतिक्रिया