Pura Samachar

ट्रम्पकी दिदीले भनिन्– मेरो भाइ ‘झुटो र धोकेबाज’ हो

प्रकाशित: August 24, 2020

ट्रम्पकी दिदीले भनिन्– मेरो भाइ ‘झुटो र धोकेबाज’ हो

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी दिदी पूर्व संघीय न्यायाधीश (फेडरल जज) मेरियन ट्रम्प बेरीले आफ्नाे भाइको कुनै सिद्धान्त नभएको बताएकी छन् ।

एक गोप्य रेकर्डिङमा मेरियनले भाइ ट्रम्प ‘झुटो’ भन्दै उनीसँग कुनै सिद्धान्त नभएको टिप्पणी गरेकी हुन् । उनको उक्त टिप्पणीलाई राष्ट्रपति ट्रम्पकी भतिजी मेरी ट्रम्पले रेकर्ड गरेकी थिइन् । मेरीले गत महिना एक पुस्तक प्रकाशित गरेकी थिइन् । जसमा राष्ट्रपति ट्रम्पको कडा आलोचना गरिएको छ ।

गोप्य रुपमा गरिएको रेकर्डिङमा ट्रम्पकी दिदी मेरियनले ‘उसका (ट्रम्पका) बकवास ट्विट र झुटबाट ईश्वरले बचाओस्, यो धोकेबाजी र क्रुरता हो’ भनेको सुन्न सकिन्छ ।

राष्ट्रपति ट्रम्पकी भतिजी मेरीले कानुनी दाउपेचबाट बच्न आफूले फुपु मेरियनको भनाइ गोप्य ढंगबाट रेकर्ड गरेको बताएकी छन् ।

राष्ट्रपति ट्रम्पले आफ्ना बारे दिदी मेरियनले गरेको रहस्योद्घाटन पछि प्रतिक्रिया दिएका छन् । व्हाइट हाउसले जारी गरेको ट्रम्पको बयानमा भनिएको छ, “हरेक दिन केही अलग भइरहन्छ, यसको कसले वास्ता गर्छ ।”

-बीबीसीबाट

प्रतिक्रिया