Pura Samachar

२४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: April 3, 2022
पूरा समाचार

२४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४७ जनाको पीसीआर १ हजार ६२ जनाकाे एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार थप ६६ जना निकाे भएका छन्। मन्त्रालयका अनुसार एक हजार ६२ जनाको एन्टीजेन परीक्षण गर्दा संक्रमितको संख्या शून्यमा झरेको छ।

त्यस्तै, २४ घण्टामा मृत्यु शून्य रहेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ८९९ रहेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया