काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा दुई करोड ३० लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ३० लाख ५७ हजार दुई सय ८८ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या आठ लाख नौ सय छ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।
अमेरिकामा संक्रमतिको संख्या ५५ लाख ६७ हजार दुई सय १७ र ब्राजिलमा ३५ लाख ३२ हजार तीन सय तीन पुगेको डब्लूएचओले जनाएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका दुई सय १६ देशमा फैलिसकेको छ ।
प्रतिक्रिया