Pura Samachar

पिएसजीको फराकिलो जित

प्रकाशित: April 4, 2022
पूरा समाचार

पिएसजीको फराकिलो जित

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोलसँगै ह्याट्रिक असिस्ट दिएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । पिएसजीले घरेलु मैदानमा लोरिएन्टलाई ५–१ ले पराजित गरेको हो ।घरेलु मैदानमा आइतबार राति भएको खेलमा पिएसजीको फराकिलो जितमा नेयमार र एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे । लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए ।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३० खेलबाट ६८ अंक पुगेको छ । पिएसजीले शीर्षस्थानमा १२ अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानको मार्सेको ५६ अंक छ । पराजित लोरिएन्ट २८ अंक जोडेर १६औं स्थानमा छ ।

प्रतिक्रिया