
नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको भाउ पनि ९८ हजार २ सय रुपैयाँमा झरेको छ।
चाँदीको भाउमा पनि सोमबार प्रतितोला १० रुपैयाँको गिरावट देखिएको छ। चाँदी प्रतितोला १३५० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया