Pura Samachar

सुनको मूल्य बढयो

प्रकाशित: April 5, 2022
पूरा समाचार

सुनको मूल्य बढयो

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ ।

सोमबार ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ सय रुपैयाँले बढेर ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने मंगलबार १० रुपैयाँले घटेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया