Pura Samachar

अफसपा हटाएको एउटा टेस्ट मात्रै हो –रियो

प्रकाशित: April 5, 2022
पूरा समाचार

अफसपा हटाएको एउटा टेस्ट मात्रै हो –रियो

-डा. हरिमोहन पोखरेल                                                कोहिमा / नागालैंड राज्यका मुख्यमन्त्री श्री नेफयू रियोले भने कि कोहिमा, वोखा तथा तुवेनसाङको केही भागहरूबाट अफसपा हटाएको केन्द्र सरकारले एउटा टेस्ट गरेको मात्रै हो ।
हिजो चुमुकेदेमा पुलिस कम्प्लेक्समा राज्यका विभिन्न एनजीओ तथा सिबिल सोसायटी ओरगनाइजेशन द्वारा राखिएको एउटा बैठकमा उनले मीडियालाई बताए ।
उनले अगाडि भने कि सरकारले आफ्नो स्तरमा निरन्तर प्रयास जारी राखेको नै छ ।फेरि पनि सरकारले लिएको पहलकदमीलाई हामीले स्वागत गर्नु पर्दछ ।
मुख्यमन्त्रीले अगाडि भने कि राज्यको धेरैवटा ठाउँहरूबाट अफसपा हटाउनुपर्छ ।त्यसको लागि कानून र व्यवस्था हामीले बनाएर राख्नु पर्ने भएको छ ।
उनले अगाडि भने कि ओटिङमा घटेको घटनाले यहाँ सम्म आई पुगेको छ ।हामीले कानून र व्यवस्था बनाई राख्यौ भने हामीले हाम्रो लक्ष्यमा पुग्न सकिन्छ भन्ने आशा राख्न सकिन्छ ।
स्मरण रहोस् हिजोकै दिन पुलिस कम्प्लेक्स चुमुकेदेमामा राज्यका सबै एनजीओहरूको बैठक थियो ।

प्रतिक्रिया