Pura Samachar

अमेरिकाले युक्रेनलाई थप १० करोड डलर बराबरको सैन्य सहयोग गर्ने घोषणा

प्रकाशित: April 6, 2022
पूरा समाचार

अमेरिकाले युक्रेनलाई थप १० करोड डलर बराबरको सैन्य सहयोग गर्ने घोषणा

अमेरिकाले युक्रेनलाई थप १० करोड डलर बराबरको सैन्य सहयोग गर्ने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिन्केनले युक्रेनलाई रूसी आक्रमण सामना गर्न थप १० करोड डलर बराबरको सैन्य सहयोग गर्ने घोषणा गरेका हुन्।

अमेरिकाबाहेक चेक रिपब्लिकले पनि युक्रेनलाई युद्वका लागि आवश्यक हतियार पठाउने भएको छ। यो सँगै चेक रिपब्लिक युक्रेनमा हतियार पठाउने पहिलो युरोपियन मुलुक भएको छ।

सोभियत निर्मित पाँच वटा टी-७२ ट्याङ्क र  पाँच वटा बिवीपी-१ युद्व विमान युक्रेन पठाएको वरिष्ठ चेक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई जानकारी दिएका छन्।

यसैबीच रूसी फौजले युक्रेनको बुचा नगरमा युद्व अपराध गरेको आरोपहरू बाहिर आएपछि संयुक्त राज्य अमेरिका र युरोपेली संघले मस्कोविरूद्ध थप प्रतिबन्धहरू घोषणाको तयारी गरेका छन्।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्थाहरू, क्रेम्लिनका अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताइन्।

प्रतिक्रिया