Pura Samachar

टेलिकममा कार्यरत कर्मचारीहरू धर्नामा

प्रकाशित: April 6, 2022
पूरा समाचार

टेलिकममा कार्यरत कर्मचारीहरू धर्नामा

नयाँ नेतृत्व चयनका विषयमा नेपाल टेलिकमका कर्मचारीहरू धर्ना बसेका छन्। टेलिकमको मुख्य कार्यालय भद्रकालीमा बुधबार बिहान ११ बजेदेखि टेलिकममा कार्यरत कर्मचारीहरू धर्ना बसेका हुन्।

उनीहरूले टेलिकमको नयाँ नेतृत्वमा दुरसञ्चार बुझेको व्यक्ति चयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। ‘हाम्रो धर्ना व्यक्ति केन्द्रीत होइन। संस्थामा राम्रो मान्छे चयन हुनुपर्‍यो भन्ने हो,’ एक कर्मचारी युनियनका नेताले  भने।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशकका लागि दरखास्त दिएका स्वीकृत ९ जना उम्मेदवारहरूको नाम सार्वजनिक गरेको थियो। प्रबन्ध निर्देशक नियुक्ती प्रक्रिया पनि अघि बढाइ सकेको छ।

छनोटमा परेका उम्मेदवारहरूमा अर्जुनबाबु ढकाल, अमेलन्दु नारायण सिंह, दीपकबहादुर शाही, नगेन्द्रकुमार दास, प्रदीपराज उपाध्याय, बुद्धिप्रसाद आचार्य, सुनिल पौडेल, सुरजसिंह थापा र संगीता पहाडी अर्याल छन्।

प्रतिक्रिया