Pura Samachar

आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा गर्दै

प्रकाशित: April 7, 2022
पूरा समाचार

आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा गर्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ ।

मुम्बईमा हुने खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टोलीबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।

नवप्रवेशी टोली लखनउ आज तेस्रो जितको खोजीमा हुनेछ ।

लखनउ ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानाम रहेको छ  ।

यता, दिल्ली दोस्रो जितको खोजीमा हुनेछ ।

दिल्लीले दुई खेलमा २ अंक जोडेको छ । दिल्ली सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया