
काठमाडौँ – सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेकाे मन्त्रिपरिषद्को बैठकले पौडेललाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सङ्गीता पहाडी अर्याल, बुद्धि आचार्य र सुनील पौडेलको नाम पठाइएको थियो ।
प्रतिक्रिया