Pura Samachar

सुनचाँदीको मूल्य बढयाे

प्रकाशित: April 8, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य बढयाे

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार ९९ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बिहीबार १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया