
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ७२८ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा र १ हजार ६२१ जनाकाे एन्टीजेन परीक्षण गर्दा एक जनामा गरी जम्मा १२ जनामा काेराेना पुष्टि भएकाे हाे ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८९ जना सङ्क्रमित निकाे भएका छन् ।
२४ घण्टामा मृत्यु शून्य छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६९ जना रहेकाे मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया