Pura Samachar

सुनको भाउ फेरि एक लाख

प्रकाशित: April 10, 2022
पूरा समाचार

सुनको भाउ फेरि एक लाख

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ फेरि एक लाख नाघेको छ ।

साताको पहिलो कारोबार दिन आज (आइतबार) तोलामा ८ सयले बढेर छापावाल सुन प्रतितोला १ लाख ३०० र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत शुक्रबार पनि सुन तोलामा ५०० रुपैयाँले बढेको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया