Pura Samachar

एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपाललाई चुनावी कमान्डर तोकयो

प्रकाशित: April 10, 2022
पूरा समाचार

एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपाललाई चुनावी कमान्डर तोकयो

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपाललाई चुनावी कमान्डर तोकेको छ।आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पार्टीले नेपाललाई चुनावी कमान्डर बनाएको हो।

समाजवादी चैत २६ र २७ मा बसेको केन्द्रीय सचिवालयको २० औँ बैठकले अध्यक्ष नेपालको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो।

नेपालको संयोजकत्वमा केन्द्रीय कमिटी, तीनोटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्ष र जनसङ्गठनका केन्द्रीय पदाधिकारी रहेको ११ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको महासचिव वेदुराम भुसालले बताए।

प्रतिक्रिया