Pura Samachar

चट्याङ लागेर एक जना महिलाको मृत्यु

प्रकाशित: April 10, 2022
पूरा समाचार

चट्याङ लागेर एक जना महिलाको मृत्यु

झापा, २७ चैत । झापाको गौरादह नगरपालिका–५ मा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मन माया थापा रहेकी छन् ।

घर नजिकै काम गरिरहेको अवस्थामा आइतबार दिउँसो १ बजे हावाहुरी र पानी सँगै परेको चट्याङमा परि घाइते भएकी थापालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

प्रतिक्रिया