Pura Samachar

अम्लेखगञ्‍ज डिपोका ९ जनालाई कोरोना संक्रमण

प्रकाशित: August 25, 2020

अम्लेखगञ्‍ज डिपोका ९ जनालाई कोरोना संक्रमण

काठमाडौं । नेपाल आयल निगमको प्रदेश नं. २ को प्रादेशिक कार्यालयका ९ जनामा कोभिड–१९ संक्रमण भएको छ । अम्लेखगञ्‍ज डिपोका ६ र मातहतको शाखा कार्यालय विरगञ्जका तीन जना कर्मचारमिा कोभिड–१९ रोग संक्रमण पुष्टि भएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।

कर्मचारीलाई कोरोना संक्रमण भएपछि अम्लेखगञ्ज डिपो ३ दिनका लागि बन्द हुने भएको छ ।

निगमले केन्द्रीय कार्यालयबाट सपोर्ट टिम २ दिनमै पठाएर आपूर्तिको व्यवस्था मिलाउने जनाएको छ ।

यसअघि ११ जनालाई कोभिड–१९ पुष्टि भएपछि भैरहवा डिपो ५ दिनका लागि बन्द भएको थियो ।

निगमको ५ नं. प्रादेशिक कार्यालयका ३ कर्मचारी, मातहतका पेट्रोल पम्पका ३ जना र हवाइ इन्धन डिपोका ५ जनामा संक्रमण पुष्टि भएको थियो ।

भैरहवा डिपो बन्द भएपछि सो डिपोबाट आपूर्ति हुँदै आएको पेट्रोलियम पदार्थ अम्लेखगञ्ज डिपोबाट आपूर्ति हुँदै आएको थियो ।

प्रतिक्रिया