Pura Samachar

राजस्थान तेस्रो जित ,शीर्ष स्थानमा उक्लियो

प्रकाशित: April 11, 2022
पूरा समाचार

राजस्थान  तेस्रो जित ,शीर्ष स्थानमा उक्लियो

काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

मुम्बईमा आइतबार राति लखनउ सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।

लखनउका क्विन्टन डी ककले ३९ रन बनाए । दिपक होडाले २५ रन जोडे ।

यस्तै दुश्मन्था चामिराले १३ रन जोड्दा मार्कुस स्टोनिसले अविजित ३८ रन जोडे । क्रुनाल पाण्डयले २२ रन बनाए ।

राजस्थानका युजभेन्द्र चाहलले ४ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए ।

 

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।

राजस्थानका लागि शिम्रन हिटमायरले ५९ रनको अर्धशतकीय इनिङ खेले । देबदुत पडिकलले ३९ रन जोड्दा रिटायर्ड आउट भए रविचन्द्र आश्विनले २८ रन बनाए ।

लखनउका जासन होल्डर र कृष्नपा गोथामले २/२ विकेट लिए ।

 

यस जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ ।

राजस्थानले ४ खेलमा ६ अंक जोडेको छ ।

लखनउले ५ खेलमा ६ अंक नै जोडेको छ ।

लखनउ पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया