Pura Samachar

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाए

प्रकाशित: April 13, 2022
पूरा समाचार

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले अहिले १० बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै  प्रहरी बल, नेपालको सशस्त्र प्रहरी महानिरीक्षक९आइजिपी० नियुक्त गर्ने लगायतका निर्णय गर्ने बुझिएको छ ।

चार वर्षे कार्यकालका कारण सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार अवकाश भएसँगै नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढेको थियो । महानिरीक्षक खनालले अवकाशमा गएसँगै निमित्त प्रमुखको जिम्मेवारी एआईजी पुष्पराम केसीलाई दिइएको छ ।

प्रतिक्रिया