काठमाडौं- आजै नियुक्त भएका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो। केसीलाई गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृहसचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
सो अवसरमा पाण्डेले पोशाक र पेशाको मर्यादालाई उच्च राख्ने विश्वास व्यक्त गरे। सीमित श्रोत साधनबाटै संगठनलाई चलायमान बनाएकोमा सशत्र प्रहरीबललाई धन्यवाद दिए।
स्थानीय निर्वाचन नजिकै रहेको हुँदा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न नयाँ आईजीपीको महत्त्वपूर्ण भूमिका रहने उनले बताए।
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए। नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी केसी र रामशरण पौडेल थिए।
सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो। केसीको कार्यकाल भने २१ दिन मात्र हुनेछ। उमेर हदका कारण केसी र एआईजी पौडेल दुबैले वैशाख १९ मा अवकास पाउनेछन्।
प्रतिक्रिया