–डा.डी.आर.उपाध्याय
समाजमा अनेकौ बिकृती-बिसंगती र समस्याहरु ब्याप्त रहेका छन!ती सबैलाई हटाउनु ,न्युनिकरण गर्न केवल राज्य वा सरकारको सयंन्त्रबाट सम्भाव नभएको देखेर होला विस्वभरीनै गैरसरकारी संघ-संस्था संचालनको प्रचलन सुरु भयो!कयौं संघ-संस्थाले विश्वव्यापी रुपमै उल्लेखनिय कार्य गरेर प्रसिद्धी एवं लोकप्रीयता आर्जन गरे!ती संघ-संस्थाले करोडौ दीनहिन ,बेसहारा,अनाथ अपांगता भएका मानिसहरुको जीवन सहज एवं सुखद बनाउन सफलता प्राप्त गरे!नेपालमा तत्कालीन पन्चायती शासनकालमै गैरसरकारी संघ -संस्थाहरुको सक्रीयता बढे पनी अधिकांश राज्यबाटै निर्देशित हुन्थे!प्रजातन्त्र स्थापना
पछी गैरसरकारी संघ -संस्थाहरुले स्वतन्त्र रुपमा आफ्नो गतिविधि संचालन गर्न पाउन थाले!यश संगै गैरसरकारी संस्था स्थापना को बाढी नै आयो!करिब एकबर्ष पूर्बको तथ्यांक अनुसार ५० हजारभन्दा बढी गैरसरकारी संस्था नेपालमा संचालित छन!यसैगरी दर्जनौ अन्तरास्ट्रिय गैर सरकारी संस्था पनि देशभरी विभिन्न क्षेत्रमा काम गरिरहेका छन!अनाथ-असहाय बालबालिकाको कल्याण,उद्दार एवं बिकास लाई आफ्नो उद्धेश्य बनाएर हजारौं संघ-संस्था सम्बन्धि सरकारी निकायमा दर्ता रहेका छन!हालै बालबालिकाको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था द्वारा दाताहरु संग रकम संकलन गर्नको लागी गरिएको निकृस्ट कार्यले निकै चर्चा पायो!त्यस संस्थाले पूर्व नियोजित तथा प्रायोजित रुपमा एक नवजात शिशुलाइ कतै फालिएको अवस्थामा फेला पारिएको देखाएर त्यस्को पालनपोषण गर्नका लागि सहयोग माग्न सञ्चार माध्यम हरुको प्रयोग समेत गर्यो ! कयौं दाताबाट ठूलो धनराशि पाउन सफल पनि भयो!पछी ती शिशु जन्माएकी आमाले खुलासा गरेपछि रकम संकलनका लागि सबै नाटक गरिएको प्रकाशमा आयो!यसरी माग्न बालबालिका को प्रयोग गर्दा तथा सेवाको नाममा धन्धा गर्दा गैरसरकारी संस्थाहरु राष्ट्रमा मात्र नभै विदेशमा समेत बदनाम हुनुपरेको छ !यसको दुस्परिणाम समाजसेवाको पवित्र भावनामाथीनै पर्नेतर्फ सबै सचेत हुनुपर्छ !महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको रास्ट्रीय बाल अधिकार परिषदका प्रशासकिय प्रमुख कृष्ण प्रसाद भुसालको कथनले त अनेकौं गम्भीर प्रश्न खडा गरेको छ !उनका अनुसार नेपालमा संचालित अधिकांश बालगृह पैसा कमाउने उद्देश्यले खोलिएका छन!उनी भन्छन-सबै बालगृहलाई भन्दिनँ तर अधिकांश बालगृहले बालबालिका को ब्यापार नै गरेको देखिन्छ !
बालगृहहरुमा पैसाको कति खेलो हुन्छ भन्ने कुरा अनुसन्धानको विषय हो!आमाबुबा जिबितै भएका बालबालिका लाई बालगृहमा राख्ने र दाताबाट पैसा ल्याउने प्रवृत्ति यो क्षेत्रमा देखिन्छ ! अनाथ असहाय बालबालिकाको हेर बिचार,भरण पोषण गर्न बालगृह संचालन हुनु वा यसका लागि दाताबाट रकम संकलन गर्नु आफैमा नराम्रो होइन!तर देशकै बदनामी हुनेगरी बालबालिकाको नाममा रकम माग्नु तथा सन्चालकले सेवालाई धन्दा बनाएर बालबालिकाकोनाममा संकलित पैसा भोगविलासमा उपयोग गर्नु लज्जास्पद मात्र होईन,सामाजिक अपराध पनि हो!यस्तो बालगृह तथा तिनका सन्चालकलाई नियामक निकायले कडा रुपमा दन्डित गरेमा मात्र गैरसरकारी संस्थाहरुमा सेवा भावना फस्टाउन सक्छ!
प्रतिक्रिया