Pura Samachar

गुजरात टाइटन्सलआइपिएलकाे शीर्ष स्थानमा

प्रकाशित: April 15, 2022
पूरा समाचार

गुजरात टाइटन्सलआइपिएलकाे शीर्ष स्थानमा

नवप्रवेसी गुजरात टाइटन्सल इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को शीर्ष स्थानमा उक्लिएको छ।

बिहीबार राती शीर्ष स्थानको राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात जारी लिगमा चौथो जितसहित ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको हो।

१ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनायो। राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ५४ रनको योगदान दिए।  यस्तै शिम्रन हेटमायरले २९ रन बनाउँदा रियान पराग १८, जिमी निशम १७ र सञ्जु स्यामसनले ११ रन जोडे।

प्रतिक्रिया