Pura Samachar

डब्लूएचओ – नेपालमा कोरोनाको सुरुवात मात्र भएको छ, नराम्रा दिन आउनै बाँकी

प्रकाशित: August 26, 2020

डब्लूएचओ – नेपालमा कोरोनाको सुरुवात मात्र भएको छ, नराम्रा दिन आउनै बाँकी

काठमाडौं । विश्‍व स्वास्थ्य संठन (डब्लूएचओ)ले नेपालमा कोरोना भाइरस संक्रकणमो सुरुवात मात्रै भएको र अझै नराम्रा दिन आउन बाँकी रहेकोले सजग हुन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यानडिलियरले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमसँग मंगलबार कुराकानी गर्दै नेपालमा कोरोना संक्रमण थप बढ्ने र नराम्रा दिन आउनै बाँकी रहेको बताएका हुन् ।

उनले नेपाल नोभेल कोरोना भाइरसका संक्रमितको अझै बढ्ने देखिएकोले यसबारे मानिसहरु थप सचेत र सजग र सतर्क हुनुपर्ने बताएका छन् ।

“केही महिना अगाडिसम्म विदेशबाट आउने व्यक्तिहरुमा मात्र कोरोना संक्रमण देखिएको थियो,”उनले भने, “बीचमा संक्रमित घटेका थिए । तर अहिले केशहरु बढ्न थालेको छन्, जुन हामीले आगामी हप्ता र महिनाहरुमा संक्रमण निकै बढेको देख्‍ने छौं ।”

विश्वको आंकडा र अवस्था हेर्दा पनि नेपालमा कोरोना संक्रमण अझै बढ्ने प्रक्षेपण गरेको उनले विश्वमा हेर्दा समग्र जनसंख्याको एकदेखि दुई प्रतिशतसम्म संक्रमित भएको भन्दै नेपालमा पनि आगामी दिनमा संक्रमित संख्या बढ्दै जाँदा परिस्थिति अझै नराम्रो हुने चेतावनी दिएका हुन् ।

संक्रमितको संख्यासँगै मृतकको संख्या पनि नेपालमा बढ्ने बताएका उनले सामाजमा पाका उमेरका मानिसहरुमा संक्रमण बढ्दै जाँदा मृतकको संख्या पनि बढ्ने बताएका हुन् ।

सबै मानिसलाई संक्रमण नहुने भन्दै नआत्तिन आग्रह गरेका उनले ब्राजिलजस्ता धेरै प्रभावित देशमा पनि एकदेखि दुई प्रतिशतसम्म संक्रमित देखिएको बताए । पहिलो नेपालमा युवाहरुमा कोरोना संक्रमण बढी देखिएको थियो भने अब वृद्धवृद्धामासमेत कोरोना संक्रमण देखिन थालेको डा. जोशले बताए ।

“कोरोनाबाट मृत्यु हुनेमा ज्येष्ठ नागरिकहरु नै बढी रहेका छन्,” उनले भने,“बढी कोरोना संक्रमण देखिएका अन्य देशहरु पनि छन् । समग्र जनसंख्याको १ देखि २ प्रतिशतमा मात्र कोरोना संक्रमण देखिएको छ । नेपाल त्यो अवस्थामा पुगेको छैन् । अहिले नेपाल ० दशमलव १ प्रतिशतको अवस्थामा छ । ”

केसको संख्या बढिरहेको भए पनि आतिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए ।

उनका अनुसार अहिले हाम्रो वरिपरी टोलमा संक्रमण देखिँदैमा आत्तिनु पर्दैन । “सबैजना संक्रमित हुने होइन, अधिकांश संक्रमितहरु हुने व्यक्तिमा मन्द लक्षण देखिने हुन्छ तर घातक पनि देखिँदैन्,” उनले भने ।

प्रतिक्रिया