Pura Samachar

मेगा बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त

प्रकाशित: April 15, 2022
पूरा समाचार

मेगा बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त

काठमाडौं । मेगा बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् ।

चैत ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई उक्त जिम्मेवारी दिएको हो । बैंककी सीईओ अनुपमा खुञ्जेलीले राजीनामा दिएसँगै उक्त पद रिक्त रहेको छ ।

सीईओ नियुक्तिमा केही समय लाग्ने तथा बैंकको दैनिक व्यावसायिक तथा प्रशासनिक कामकाज सुचारु राख्नका लागि बैंकले रविनालाई कायममुकायम सीईओको जिम्मेवारी तोकेको जानकारी दिएको छ । रविना स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् ।उनले उक्त जिम्मेवारी आजदेखि सम्हालेकी छिन् ।

प्रतिक्रिया