Pura Samachar

भरतपुर महानगरपालिकाका ३६ सहित थप ४४ जनामा कोरोना

प्रकाशित: August 26, 2020

भरतपुर महानगरपालिकाका ३६ सहित थप ४४ जनामा कोरोना

चितवन । भरतपुर महानगरपालिकाका ३६ सहित थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ३६ जना, रत्ननगर नगरपालिकाका ३ जना र खैरहनी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित ४ जना अन्य जिल्लाका रहेका छन । प्रयोगशालाका अनुसार नवलपुर, रुपन्द्रेही, धनुषा र तनहुँका १–१ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार राति गरिएको २१८ परीक्षणमध्ये १७४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया