Pura Samachar

राज्यपाल तथा मुख्यमंत्रीले दिए शुभकामना संदेश

प्रकाशित: April 17, 2022
पूरा समाचार

राज्यपाल तथा मुख्यमंत्रीले दिए शुभकामना संदेश

डा. हरिमोहन पोखरेल

 

कोहिमा /नागालैंड राज्यको महामहिम राज्यपाल प्रो. जगदीश मुखीले इषटरको उपलक्ष्यमा विशेष गरेर ईसाई समुदायलाई शुभकामना संदेश दिएका छन् ।
आफ्नो सन्देशमा मुखीले भने कि प्रभू ईशा मशीह द्वारा गरेको त्याग र बलिदानलाई हामीले अनुसरण गर्नुपर्ने छ ।उनले अगाडि भने कि प्रभू ईशा मशीह द्वारा नवजीवनको प्राप्तिलाई स्वीकार गर्दै जीवनमा नौलोपना थप्ने प्रयास जारी रहने छ ।
मुख्यमन्त्री श्री नेफयू रियोले आफ्नो सन्देशमा भने कि प्रभू ईशा मशीह द्वारा पाएको नवजीवनले हाम्रो जीवनमा नवीन विचार र परिवर्तन अवश्य पनि आउने छ ।जसले गर्दा हाम्रो जीवनमा सकारात्मक रहने छ भन्ने कुरा व्यक्त गरेका छन् ।
यसका साथै राज्यका गृहमन्त्री वाई पेटन लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू द्वारा पनि इस्टरको अवसरमा नागालैंड वासी ईसाई समुदायलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया