Pura Samachar

सर्लाहीकाे धरहराबाट दूध बोक्ने ट्यांकरभित्र अवैध मलखाद राखेर ल्याउँदै गरेको ट्यांकर नियन्त्रणमा

प्रकाशित: April 17, 2022
पूरा समाचार

सर्लाहीकाे धरहराबाट  दूध बोक्ने ट्यांकरभित्र अवैध मलखाद राखेर ल्याउँदै गरेको  ट्यांकर नियन्त्रणमा

सर्लाही । सशस्त्र प्रहरी बलको टोलीले दूध बोक्ने ट्यांकरभित्र बवैध मलखाद राखेर ल्याउँदै गरेको अवस्थामा ट्यांकर नियन्त्रणमा लिएको छ ।

शनिवार दिउँसो सबा २ बजे बरहथवाबाट नयाँ रोडतर्फ आउँदै गरेको ना ७ ख १०६६ नम्बरको दूध बोक्ने ट्यांकर सशस्त्र प्रहरी बल धरहरा बेस क्याम्पको टोलीले नियन्त्रणमा लिएको हो ।

बागमती नगरपालिका–२ स्थित धरहराबाट नियन्त्रणमा लिईएको दूध बोक्ने ट्यांकर भित्रको एउटा डिब्बामा २५ बोरा यूरिया मलखाद बरामद भएको छ । तीनवटा डिब्बा मध्ये बीचको डिब्बा भित्र २५ बोरा मल राखिएको थियो ।

सशस्त्र प्रहरी बल धरहरा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक योग बहादुर थापा नेतृत्वको टोलीले मल बोकेको दूध बोक्ने ट्यांकर नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासी पठाएको छ । ट्यांकरसँगै चितवन खैरिनी–६ निवासी चालक ३६ वर्षीय शम्भु चौधरी र जुम्ला चन्द्रनाथ नपा–३ निवासी २६ वर्षीय सहचालक खड्ग बहादुर खत्रीलाई समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएको नेपाल डेरी प्रालिको ट्यांकर, मलखाद र चालक तथा सहचालकलाई आवश्यक कारबाहीका लागि मलंगवा भन्सार कार्यालय बुझाइने सशस्त्र प्रहरी नायव उपरीक्षक दिपेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया