Pura Samachar

२४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना निको

प्रकाशित: April 17, 2022
पूरा समाचार

२४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७५० जनाको पिसिआर र ७३९ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार  ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

हाल देशभर ३७५  जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया