Pura Samachar

गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतमा

प्रकाशित: April 17, 2022
पूरा समाचार

गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतमा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध अदालत गएका छन्।

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्।

अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।

उनका तर्फबाट वकिलहरू आइतबार सर्वोच्चमा रिट दर्ता गराउन पुगिसकेका छन्।

प्रतिक्रिया