Pura Samachar

बार्सिलोना पराजित

प्रकाशित: April 19, 2022
पूरा समाचार

बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ ।

सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-० गोल अन्तरले स्तब्ध भएको हो ।

बार्सिलोना घरेलु मैदानमै पराजित भएको हो ।

काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे ।

उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन् ।

 

यस जितसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ ।

काडिज १६ औं स्थानमा रहेको छ ।

बार्सिलोना ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया