Pura Samachar

आज लखनउ सुपर जायन्ट्स र बैंगलोर रोयल च्यालेन्जर्स भिड्दै

प्रकाशित: April 19, 2022
पूरा समाचार

आज लखनउ सुपर जायन्ट्स  र  बैंगलोर रोयल च्यालेन्जर्स  भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ ।

मंगलबार हुने एक मात्र खेलमा लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । मुम्बईमा हुने दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।

नवप्रवेशी लखनउ आज पाँचौ जित निकाल्ने योजनामा रहेको छ ।

लखनउ ६ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

बैंगलोर पनि पनि पाँचौ जितको खोजीमा हुनेछ ।

बैंगलोर ६ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया