Pura Samachar

अर्थमन्त्रीकाे अमेरिका भ्रमण रद्ध

प्रकाशित: April 19, 2022
पूरा समाचार

अर्थमन्त्रीकाे अमेरिका भ्रमण रद्ध

काठमाडौं- सोमबारदेखि सुरू भएको विश्व बैंक/अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन वैठकमा नेपालको तर्फबाट अर्थमन्त्री सयुक्रत राज्य अमेरिका नजाने भएका छन्।

यसअघि मन्त्रिपरिषदले नेपालका तर्फबाट वैठकमा भाग लिनका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको थियो। चैत १७ गतेको वैठकले निर्णय गरेपनि अन्तिममा आएर अर्थमन्त्री जनार्दन शर्मा अमेरिका नजाने भएका छन्।

बजेट निर्माण दबाब, अर्थतन्त्रमा देखिएका दबाब व्यवस्थापनका लागि काम गर्नुपर्ने भएकाले मन्त्रीको अमेरिका भ्रमण रद्ध भएको हो।

विश्व बैंक/अन्तर्राष्ट्रिय मुद्रा कोषको वैठकमा सहभागिताका लागि अर्थमन्त्री तथा अर्थसचिव दुबैजना नजाने निश्चित भएको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख इश्वरीप्रसाद अर्यालले जानकारी दिए।

 


प्रतिक्रिया