Pura Samachar

देशका विभिन्न स्थानमा चारजना मृत फेला

प्रकाशित: April 19, 2022
पूरा समाचार

देशका विभिन्न स्थानमा चारजना मृत फेला

काठमाडौं– देशका विभिन्न स्थानमा चारजना मृत फेला परेका छन्। काठमाडौं महानगरपालिका २२ खिचापोखरीस्थित टहरोमा काठमाडौं सितापाईला घर बताउने करिब ५० वर्षीय गोपाल प्रधान नाम गरेका पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।

त्यसैगरी तेह्रथुमको आठराई गाउँपालिका २ खाम्लालुङ बस्ने ५५ वर्षीय नाक्पु छिरिङ शेर्पा आफ्नै घरदेखि करिब ३ किलोमिटर टाढा जुरे जंगलमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

उता डोटीको पुर्विचौकी गाउँपालिका ७ पोखरी बस्ने ५५ वर्षीय दिल बहादुर बडेला सोही ठाउँस्थित दाडीया भिर मुनि सोमबार  मृत अवस्थामा फेला परेका छन्। वैशाख २ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त भीरमा उनको शव फेला परेको हो।

त्यसैगरी मोरङको ग्रामथान गाउँपालिका ७ स्थित बाटो छेउमा सुन्दरहरैचा नगरपालिका ११ बस्ने ८७ वर्षीय बल बहादुर श्रेष्ठ सोमबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया